बैतडीको मेलौलीमा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते

बैतडी । भालुको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भिर घाइते भएका हुन । उनको धनगढीमा उपचार भइरहेको छ।

बुधबार घर नजिकैको जंगलमा गोठलो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए। उपचार खर्च सरकारले नै व्यहोर्ने भएकाले प्रक्रियामा आउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ।

वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का, तस्बिर र उपचारमा लागेको सम्पूर्ण खर्च विवरण सहितको निवेदन पेस गनुपर्ने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख दिलिप यादवले जानकारी दिए। उपचारमा लागेको सबै खर्च सरकारले व्यहोर्ने उनले बताए।

Leave A Reply

Your email address will not be published.