ढुंगा खस्दा खोडपे-बझाङ सडक पनि बन्द

बैतडी ।
अविरल वर्षापछि ढुंगा र पहिराका कारण जयपृथ्वी राजमार्ग बन्द भएको छ । राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिकै दिउँसो साढे १ बजे सडक माथिबाट ढुंगा र पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार सडक माथिबाट ढुंगा र पहिरो खस्दा राजमार्ग बन्द भएको छ । उहाँले भन्नुभयो,“सडक माथिबाट ढुंगा र पहिरो खस्दा सडक अवरुद्ध भएको छ । ”
राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रुपमा बन्द भएको र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
राजमार्गमा खसेको ढुंगा र पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न जेसिबी पठाइएको छ । यसअघि आज धरमघर नजिकै पहिरो खस्दा महाकाली राजमार्ग पनि अवरुद्ध भएको थियो ।
शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

Leave A Reply

Your email address will not be published.