इजरायलमा हमास समुहको आक्रमणमा मारिएका दस जनामध्ये चार जनाको शव आइतवार बिहान काठमाडौँ आइपुगेको छ। इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै शव नेपाल ल्याउने प्रकृया अगाडी बढाइएको थियो।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ। दोस्रो चरणमा आशिष चौधरीको शव ल्याइएको हो।
७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर दस जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी छ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ।
शव आजै नेपाली सेनाको हेलिकप्टरबाट कैलालीको धनगढी लैजाने तयारी रहेको छ। शव नेपाल आईपुगेसँगै परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो।