एनआरएनएमा आरके शर्माको कार्यसमितिलाई वैधता दिने सरकारको सङ्केत

सरकारले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० मा आरके शर्मा नेतृत्वको समितिलाई वैधता दिने सङ्केत गरेको छ । आज सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा सरकारले आफ्नो कार्यसमितिलाई वैधता दिने पक्का भएको शर्मा समूहले जनाएको छ ।

चुनावी परिणामले बद्री केसीको अध्यक्षतामा कार्यसमिति चयन गरे पनि अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश केसीले ुसिस्टम ह्याकु गरेर चुनाव जितेको भन्दै आफूहरूलाई मान्य नहुने चेतावनी दिएका थिए । बद्री केसी समूहले शपथ लिएकै दिन आरके शर्माको समूहले शर्माको अध्यक्षतामा फरक कार्यसमिति चयन गरेको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणका लागि तयार रहेको बताउनुभएको छ । प्रचण्डले आरके शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ । ‘एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको यस भेटबाट सरकारले आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई वैधता दिएको सन्देश दिएको छ । भेटमा शर्माले सङ्घ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको र २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मासहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ लगायत अभियन्ताहरू सहभागी थिए । शर्मा नेतृत्वको कार्यसमितिले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डाक्टर प्रकाशशरणमहत लगायतसँग भेटवार्ता गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.