एसीसी यू–१९ को उपाधि विजेता खेलाडीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको बताउनु भएको हो ।

मलेसियाको क्वालालाम्पुरमा हिजो भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले यूएईलाई पराजित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.