दार्चुलामा पुलबाट खसेर एक पुरूष बेपत्ता

दार्चुला-दार्चुलामा पुलबाट खसेर एक पुरूष बेपत्ता भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित पुलबाट खसेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएको स्थानीयले बताएका छन्।

पुलबाट खसेर चमेलिया नदीमा बगेका पुरूषको पहिचान भने खुल्न सकेको छैन। स्थानीयले एक पुरुष बगेको खबर गरेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीको टालीले खोजतलास गरिहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.