चालु संसदको अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय

सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो।

उहाँले सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको बताउनु भयो। साथै कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने कार्यहरु नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयले अनुगमन र कारबाही गर्ने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिनुभयो।

यसका लागि सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.