विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतको उत्कृष्ट शुरुवात, रोहित शर्माले तोडे क्रिस गेलको रेकर्ड

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा भारतले उत्कृष्ट शुरुवात गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले ३३ ओभरको खेल सकिँदा १ विकेट गुमाएर २ सय ३८ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ४७ रन बनाएर आउट भए । २९ बल खेलेका रोहितले ४ छक्का र ४ चौका प्रहार गरे ।

आजको खेलमा रोहित शर्माले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन् । यसअघि विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने वेस्ट इन्डिजका क्रिस गेल थिए । गेलले ३५ खेलमा ४९ वटा छक्का प्रहार गरेका थिए । रोहित शर्माले मात्र २७ खेलमा ५१ वटा छक्का प्रहार गरेका छन् ।

Leave A Reply

Your email address will not be published.