मेलौली जात्रामा बरफ जन्य बस्तु र आईसक्रिम बेच्न नपाईने

बैतडी । मेलौली भगवती मन्दिरमा यहि मंसिर १० र ११ गते लाग्ने मेला ‘देहिजाँत’मा बरफ जन्य बस्तु र आईसक्रिम बेच्न नपाईने भएको छ। मेलौली धार्मिक सेवा समितिले मेलामा चिसो बरफ जन्य बस्तु र आईसक्रिम बेच्न नपाईने जानकारी दिएको छ।

बिशेष गरी चिसोको समय भएकाले बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि यो निणर्य गरिएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ। चिसोको समयमा चिसो खानेकुराले असर गर्ने भएकाले चिसो बरफ जन्य र आईसक्रिमको ब्यापारमा रोक हो।

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए। देहिजाँतको रूपमा परिचित मेला पशुबलि सहित भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.