मेलौली जात्रामा लागेको शिबिरबाट १५ जना बच्चाहरुको उद्धार

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको मेला ‘देहिजात’ मा १५ जना हराएका बच्चाहरुको उद्धार गरिएको छ। मणिलेक माबिको जुनियर रेडक्रस सर्कलले सञ्चालन गरेको शिबिरबाट उद्धार गरिएको जनाईएको छ।

हराएका बच्चाहरुलाई सम्बन्धित आफन्त खोजि बुझाईएको जुनियर रेडक्रस सर्कलका सचिब भुपेन्द्र भट्टले बताए। मेला लगायत अन्य ठाउमा आफ्ना स–सना बच्चाहरुको ख्याल गर्न समते आग्रह गरिएको उनले बताए।

यसैगरी शिबिरबाट १५० जनाको प्राथमिक उपचार गरिएको मणिलेक माबि जुनियर रेडक्रस सर्कलका शिक्षक नायक रमेश पोखरेलले बताए। मेलामा बिभिन्न समस्या परेकालाई उपयुक्त सहयोग तथा सानोतिनो बिरामि भएकाहरुलाई औषधि लगायत सल्लाह परामर्श दिईएको उनले बताए।

मणिलेक माबिको जुनियर रेडक्रस सर्कलका मेलामा केहि स्वास्थ्य समस्या भएकालाई प्राथमिक उपचार, हराएको बच्चा/सर–समानको खोजिकार्य र केहि समस्यामा परेका ब्यक्तिहरुको समस्या समाधानको पहल गर्ने उदेश्यका साथ शिबिर सञ्चालन गरेको थियो। मेलौली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल प्रहरी र ससस्त्र प्रहरीको समन्वयमा शिबिर सञ्चालन गरिएको हो।

मणिलेक माबिको जुनियर रेडक्रस सर्कलले बिगत केहि बर्षदेखी प्रशिद्ध मेलौली जात्रामा प्राथमिक उपचार शिबिर सञ्चालन गर्दै आएको छ। शिबिरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरिएको छ।

Leave A Reply

Your email address will not be published.