बैतडी-बैतडीको मेलौली नगरपालिका भित्र प्रसव फिस्टुला सम्बन्धी कार्यक्रम संचालन भईरहेको छ । आइएनएफ सुर्खेत फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतको आयोजनामा कार्यक्रम सञ्चालन भईरहेका फिस्टुला उपचार केन्द्र आइएनएफ सुर्खेतका फिस्टुला आउटरिच सहजकर्ता माधा भण्डारीले बताउनुभयो ।

मेलौली नगरपालिकाका पत्येक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य चौकी प्रमुख,महिला स्वास्थ्य स्व.यम सेविका, आमा समुह समुदाय स्तरमा फिस्टुला हुनुको कारण, फिस्टुला समस्या भएका महिलाहरुमा पर्ने असर, यसको प्रभाव र प्रसव फिस्टुलाको उपचार तथा रोकथामका बारेमा जानकारी गराउनुभयो ।

फस्टुला भएका महिलाहरु शारीरिक मात्र नभई मानसिक तथा सामाजिक समस्याबाट समेत पीडित भइरहेका हुने उहाँले जानकारी दिनुभयो ।प्रसव फिस्टुलाको समस्या भएपछि पिसाब चुहिने डरले खुट्टा सधैँ खुम्च्याएर बस्दा खुट्टा खुम्चिदै जाने, पिसाब धेरै चुहिने डरले पानी कम पिउँदा जलवियोजन तथा मिर्गौला सम्बन्धी समस्या हुने,योनीबाट दिसा निस्किरहने डरले खाना कम खाँदा कुपोषण पनि हुने, पिसाब चुहिरहने भएकोले आफनो दैनिक कार्यमा बाधा पुग्ने, लगायतका समस्याहरु देखापर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रसव फिस्टुला रोग लामो र कठिन सुत्केरी व्यथाका कारणले पिसाब थैली वा पिसाब नली वा आन्द्रामा प्वाल पर्नेगर्छ । यो समस्या भएका महिलाले दिसा–पिसाब केही पनि रोक्न सक्दैनन। दिनरात लगातार दिशा वा पिसाब चुहिराख्छ । यस्तो समस्या भएका महिलाहरुले दिशा वा पिशाव रोक्न सक्दैनन् ।

प्रसव फिस्टुलाको उपचार फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल सुर्खेतमा निशुल्क उपचार गरिन्छ । साथै विरामी र एक जना कुरुवाका लागी आउने जाने यातायात खर्च समेत प्रदान गरिदैं आएको छ । साथै उक्त कार्यकम बैतडी जिल्लाका सबै छ गाउँपालिका र चार नगरपालिकामा पालिकाहरुमा सञ्चालन भईरहेको र सुदुरपश्चिमका प्रदेशका अरु जिल्लहरुमा पनि कार्यक्रम संचालन हुने सहजकर्ता माधा भण्डारीले बताउनुभयो ।

