बैतडी-बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ।विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो।
विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको कार्य थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकाहरूमध्ये हाल १० हजार १२८ परिचयपत्र पुगेका हुन्। ३ वर्ष अगाडि शुरू भएको विवरण संकलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियोे ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो।
प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ। कार्यालयका अनुसार सबै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ।
राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने पन्थीले बताउनुभयो।
परिचय पत्रवाला सम्बन्धित व्यक्तिको पुनः बायोमेक्ट्रिक भेरिफाई गरेर मात्र कार्ड क्ष्ककगभ हुने हुँदा स्वयं व्यक्ति आफ्नो अनुकूल समयमा उपस्थित हुनुपर्छ।अब समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको छ। नगरिकतामा जन्ममिती सच्याएर अर्थात सरकारी निकायलाई झुक्याएर समाजिक सुरक्षा भत्ता दिने नागरिक विस्तारै घट्ने विश्वास गरिएको छ। गत वर्ष १ सय बढी जना नागरिक राष्ट्रिय परिचयपत्रका लागि विवरण पेस गर्ने क्रममा नागरिकतामा जन्ममिति सञ्चाउने नागरिकलाई कारबाही भएको थियो।
वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन्। जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ। नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ। राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ।
राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।
बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि विवरण संकलनको काम शुरू गरिएको थियोे ।हालसम्म बैतडीमा १ लाख १३ हजार ७९९ जनाको विवरण संकलन गरिएको छ।