महिनावारी सुक्ने बेलामा कुनकुन कुरामा ध्यान दिने ?

काठमाडौँ-महिनावारी स्थायी रूपमा सुक्ने प्रक्रिया अर्थात रजनोवृत्तिका समयमा झण्डै ७५ प्रतिशत महिलाहरूमा शारीरिक तथा मानसिक परिवर्तन देखिने गरेको पाइएको छ ।

यस्तो बेलामा दम्पत्ति, घरपरिवारका सदस्यबीच बुझाइमा एकरूपता नभए मानसिकसँगै विभिन्न समस्या हुने जानकारहरू बताउँछन् ।

महिनावारी सुक्नुअघि शारीरिक र मानसिक रूपमा आउने परिवर्तनले महिलालाई मात्रै नभइ, उनको श्रीमान, घरपरिवारमा पनि तनावको अवस्था ल्याउन सक्ने हुँदा समयमै चिकित्सकसँग परामर्श लिन र वास्तविकता थाहा पाउनुपर्ने उनीहरूको भनाइ छ ।

महिनावारीमा अनियमित हुने, आत्तिनु उदासीपन देखिनु, थकाइ लाग्नु, जोर्नीमा पीडा हुनु र बेचैनी हुनेलगायतका लक्षण यो समयमा देखिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। बालकृष्ण साहले जानकारी दिनुभयो ।

रजनोवृत्तिका समयमा झण्डै ३० देखि ४० प्रतिशत महिलामा गम्भीर लक्षण देखिन्छ । मुख्यगरी श्रीमान वा अरु परिवारका सदस्यबीच समझदारी भए समस्या समाधान गर्न सकिने मनोविद विजया विजुक्छेले बताउनभयो ।

यदि कुनै महिलामा १२ महिनाभरि नै महिनावारी हुँदैन भने त्यसलाई महिनावारी सुक्नु भनिन्छ । रजनोवृत्तिका समयमा देखा परेका कतिपय लक्षण भने जीवनभरि नै देखा पर्ने चिकित्सकहरू बताउँछन् ।

रजोनिवृत्तिपछि यौन सम्बन्धमा रुचि नहुने, यसपछि बुढेसकाल लागेकोलगायत विभिन्न भ्रम, अफवाह र लाञ्छना समाजमा महिलामा सुनिन्छ ।

तर चिकित्सकहरू भने महिनावारी सुके पनि महिलाले आफ्नो जीवन पहिले जस्तै गरि बाँच्न सक्ने बताउँछ। यद्यपी शारिरीक व्यायामदेखि खानपानमा नियमित ध्यान दिनुपर्ने हुन्छ ।
उषा तामाङ

Leave A Reply

Your email address will not be published.