गाजामा १० लाख बालबालिका विस्थापित

गाजामा जारी इजरायली आक्रमणबाट १० लाख बालबालिका विस्थापित भएका छन्। यी बालबालिका आफ्नो परिवारका सदस्यसहित पूर्णरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ।

युनिसेफका मध्य पूर्व तथा उत्तर अफ्रिकाका लागि क्षेत्रीय निर्देशक एडेल खोदरले गाजा युद्धमा मृत्यु हुने र घाइते हुनेमा पनि सबैभन्दा बढी बालबालिका तथा महिला रहेको बताएका छन्। उनले गाजापट्टी बालबालिकाका लागि विश्वकै सबैभन्दा खतरनाक क्षेत्र बन्दै गएको बताएका छन्।

उनले गाजामा पानी, खाना तथा सुरक्षा बिना निकै साँघुरा र भीडभाडयुक्त क्षेत्रमा बालबालिकाले कठिनपूर्ण जीवन बाँचिरहेको र त्यसले विभिन्न खालका महामारी निम्त्याउने जोखिमसमेत बढाएको बताएका छन्। निरन्तरको लडाइँले बालबालिकाको जीवन उच्च जोखिममा परिरहेको र सामाजिक जीवन पूर्णरूपमा विखण्डित भएको बताएका छन्।

गाजामा जारी युद्धमा हजारौँ बालबालिकाले ज्यान गुमाइसकेका छन्। युद्ध रोकिएको छैन भने युद्धविरामका लागि भएका प्रयास निरन्तर विफल भएको राष्ट्र संघको भनाइ छ।

Leave A Reply

Your email address will not be published.