बैतडीको मेलौली–०८ कोटिगाँउमा टोल स्तरीय दलित समुह गठन

बैतडी । मेलौली नगरपालिका–०८ कोटिगाँउमा टोल स्तरीय दलित समुह गठन गरिएको छ। नेपाल दलित सञ्जाल मेलौली नगर कमिटीले टोल स्तरीय दलित समुह गठन गरेको जनाईएको छ।

यसअघि वडा स्तरीय दलित समुह गठन गरिसकेको समुहले टोल स्तरीय दलित समुह गठन गरेको नेपाल दलित सञ्जालका मेलौली नगर कमिटि अध्यक्ष दिलिप दयालले बताए। दलितका हक हितको लागि काम गर्ने र दलित समुदायका ब्यक्तिलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ दलित समुह गठन गरिएको उनले बताए।

वडा न ८ का तिन टोलमा टोल स्तरीय दलित समुह गठन गरिएको जनाईएको छ। गाँउ टोल, गौरी टोल र नयाँ टोलमा टोल स्तरीय दलित समुह गठन गरिएको दलित सञ्जालका वडा सचिव लक्ष्मण राम लुहारले बताए।

गाउँ टोलको अध्यक्षमा बिमला लुहार, कोषाध्यक्षमा जयन्ति लुहार, सचिबमा सुक्रराम दमाई, सदस्यहरुमा भावना लुहार, जानकी लुहार, प्रताप राम लुहार र कलावती लुहारलाई चयन गरिएको दलित सञ्जालका वडा अध्यक्ष गोकर्ण राम दमाईले बताए। यसैगरी नयाँ टोलको अध्यक्षमा जस्वीर राम लुहार, कोषाध्यक्षमा सिता लुहार, सचिवमा राजेन्द्र लुहार, सदस्यहरुमा राजेन्द्र लुहार, कमला लुहार र बसन्ती लुहारलाई चयन गरिएको जनाईएको छ।

गैरी टोलको अध्यक्षमा करबिर राम लुहार, सचिवमा अनिता सुनि, कोषाध्यक्षमा नैनीराम लुहार, सदस्यहरुमा माया सुनि, लक्षी लुहार, बसन्ती लुहार र गंगा राम लुहारलाई चयन गरिएको जनाईएको छ। अब टोल समितिहरुको बैठक प्रत्येक महिनाको २५ गते बस्ने निणर्य समेत भएको दलित सञ्जालका वडा सचिव लुहारले बताए। बैठकहरुमा दलितहरुका समस्या समाधाका बारेमा छलफल गरी स्थानीय सरकार लगायत बिभिन्न निकायसगं समन्वय गरीने दलित सञ्जालका वडा सचिव लुहारले बताए।

Leave A Reply

Your email address will not be published.