एमाले महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री जाने, प्रचण्ड नजाने


मंसिर १०, शुक्रबार २०७८

काठमाण्डौ -नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।

चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित भएको छ । एमालेका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइए पनि उहाँ नजाने हुनुभएको छ। आज प्रचण्डको अर्को कार्यक्रम भएकाले एमाले महाधिवेशनमा उहाँ सहभागी नहुने माओवादीले जनाएको छ।

एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निम्तो दिएको छैन ।उज्यालो

Leave A Reply

Your email address will not be published.