कोटिगाँउ सामुदायिक बनको भोली साधारण सभा बस्दै

बैतडी । मेलौली नगरपालिका-०८ मा रहेको कोटिगाँउ सामुदायिक बनको भोली साधारण सभा बस्ने भएको छ। कमलपुर माबिको प्राङ्गणमा बिहान १० बजे साधारण सभा बस्ने वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताएका छन।

बनका बिभिन्न बिषयमा छलफल गरिने जनाईएको छ। सामुदायिक बन उपभोक्ता समुहका सदस्य, पदाधिकारी लगायत वडाबासी सबैलाई साधारण सभामा उपस्थित भईदिन आग्रह गरिएको छ।

कोटिगाँउ सामुदायिक बन उपभोक्ता समुहको अनुमती बिना बनभित्र हात-हतियार सहित बन क्षेत्रमा प्रवेश गरेको र वन फडानी गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.