स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अभिमुखिकरण सम्पन्न

 

बैतडी-बैतडी स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मेलौली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तथा फ्लोअफ कार्यक्रम सम्पन्न भएको हो ।
मेलौली नगरपालिका वडा न ७ स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र्मा वडा अध्यक्ष रामचन्द्र भट्टको अध्यक्षतामा आईतबार कार्यक्रम सम्पन्न भएको मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो ।

न्युनतम सेवा मापदण्डको सुधारका लागी कार्ययोजना बनाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुुकेशकान्त दयालले बताए ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्दले ९० प्रतिशत अंक प्राप्त गरेको छ ।
उक्त कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समिति, स्वास्थ्य शाखामा कार्यरत हरिना भण्डारी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.