बैतडी । सञ्चारकर्मी भरत चुनाराले जन्मदिनको अवशरमा शैक्षिक सामग्री र टोपि वितरण गरेका छन। डडेल्धुरामा सञ्चारकर्म गरिरहेका चुनाराले बुधबार जन्मदिनको अवशरमा सो कार्य गरेका हुन।
जिल्लाको अमरगढी नगरपालिका-०७ पोखरामा रहेको बेथस्दा बाल गृहमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामग्री र टोपि वितरण गरेको उनले बताए। जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर बालबालिकाहरुलाई सामग्री वितरण गरेको सञ्चारकर्मी चुनाराले बताए।
पढाईमा सहज होस भनेर स्टेशनरी सामग्री र चिसोमा न्यानोका लागि टोपि वितरण गरिएको उनले बताएका छन। आउदा दिनहरुमा पनि अझ सामाजिक कार्य गर्दै जाने उनले बताएका हुन।