शिबनाथका दुई वडामा सातौँ वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

बैतडी । बैतडीको शिबनाथ गाउँपालिका–५ र ६ मा सातौँ वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउनका लागि प्रतियोगिताको आयोजना गरिएको शिबनाथ गाउँपालिका–०५ का वडा अध्यक्ष केशब चन्दले बताए।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यहि पौस १४ र १५ गतेका दिन प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष चन्दले बताए। प्रतियोगिता उदय माध्यमिक बिद्यालय कफाडिको खेल मैदानमा सञ्चालन हुने जनाईएको छ।

प्रतियोगितामा सहभागि जनाउन चाहने ईच्छुक खेलाडिहरुले यहि पौस १३ गतेसम्म टिम दर्ता गराउन वडा कार्यालयले आग्रह गरेको छ। प्रतियोगितामा वडा भित्रमा महिला तथा पुरुषहरुले सहभागिता जनाउन पाउने छन।

No description available.

यसैगरी शिबनाथ गाउँपालिका-०६ मा यहि पौष १८ र १९ गते प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष भरत राम पार्कीले बताए। हिरापुर माबि बसेडीभ्वाको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष पार्कीले बताए।

प्रतियोगितामा सहभागि जनाउन चाहने ईच्छुक खेलाडिहरुले यहि पौस १७ गते सम्म टिम दर्ता गराउन वडा कार्यालयले आग्रह गरेको छ। प्रतियोगितामा वडा भित्रमा महिला तथा पुरुषहरुले सहभागिता जनाउन पाउने छन।

No description available.

Leave A Reply

Your email address will not be published.