लक्ष्मीपुर आबि मेलौलीको ३५ औँ बार्षिकोत्सव सम्पन्न

बैतडी । मेलौली नगरपालीका–०७ पचकोरामा रहेको लक्ष्मीपुर आधारभुत बिद्यालयलको ३५ औँ बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ। बुधबार बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्ष्यता, मेलौली नगरपालिका नगर–प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्य र वडा अध्यक्ष रामचन्द्र भट्टको बिशिष्ट आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बिद्यालयले बर्ष भरि गरेका कामको समिक्षा एवं बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो। लक्ष्मीपुर आबिको आय ३७ लाँख ५७ हजार ६१८ रहेको प्रतिबेदन मार्फत जानकारी गरिएको छ। यसैगरी २४ लाँख २३ हजार २९१ रुपैया ब्यय र मैज्जाद २ लाँख ९० हजार ८४५ रहेको जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले समग्र मेलौली नगरपालिकाको शैक्षिक स्तर सुधार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए। नगरपालिकाबाट हुने र आफुले बिभिन्न माथिल्लो निकायसगं समन्वय गरी शिक्षा प्रणालीमा कसरि सुधार ल्याउन सकिन्छ भनि पहल गर्ने बताएका थिए।

साथै बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रकारका सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। कार्यक्रममा बिभिन्न राजनिति दलका ब्यक्तिहरु, जनप्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.