बैतडी । मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेन्द्र सिह रावल आउने भएका छन। गृह मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका रावलाई मेलौली पठाईएको हो।
बुधबार संघीय मामिला तथा सामान्य मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा रावललाई जिम्मेवारी दिएको हो। रावल केहि दिनमै नगरपालिकामा हाजिर हुने जनाईएको छ।
मेलौलीमा प्रमुख प्रशासकीय अधिकृत नहुदा निमित्तको जिम्मेवारी सपना कार्कीलाई दिईएको थियो। कार्की २०७८ सालदेखि मेलौली नगरपालिकामा अधिकृतस्तर छैटौं तहमा कार्यरत रहेकी छन।
