बैतडी । गजलकार एवं पुर्बसञ्चारकर्मी जनक प्रभातको गजल सङ्ग्रह “स्मृतिको प्रतिक” कृति विमोचन गरिएको छ। मंगलबार एक भव्य समारोहबीच बैतडीको पाटन नगरपालिका-०७ को वडा कार्यालयमा कृति विमोचन गरिएको हो।
कृतिमा ९४ गजल समाबेश गरिएको जनाईएको छ। गजल लेख्न र पढ्न मन पराउनेहरुको लागि आफ्नो गजल सङ्ग्रह उपयुक्त भएको प्रभातले बताएका छन। गजल सङ्ग्रहमा श्रृंगारीक गजल, जातिय बिभेद सम्बन्धी गजल र बिकृती लगायत बिभिन्न बिषयका गजलहरु समाबेश गरिएको उनले बताए।
नेपालि साहित्यको बिकास, समाज भित्रका यर्थात कुराहरुलाई बाहिर ल्याउनको लागि गजल सङ्ग्रह तयार पारिएको उनले बताएका छन। गजल सङ्ग्रह कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष ललित बहादुर चन्द, बिशिष्ट अतिथिमा उदयदेब माबि किम्तोलीका प्रधानाध्यापक राजेन्द्र बहादुर चन्द र शिक्षक लोकेन्द्र चन्द लगायत सय बढिको सख्यामा उपस्थिती रहेको थियो।
प्रभात बैतडीको पाटन नगरपालिका–०७ नागदुङ्गामा जन्मेका हुन। आमाबुवा मैना पार्की र पदम पार्कीको आर्शिबादले आफुले गजल सङ्ग्रह निकाल्न सफल भएको बताएका छन। गजल सङ्ग्रहलाई पढेर आवश्यक सल्लाह सुझाव दिन प्रभातले आग्रह गरेका छन।

