पिएम कप क्रिकेट छनौट : बैतडी दोसो जितको खोजीमा,अछामसंग खेल्दै

बैतडी। प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपको आजको खेलमा बैतडी र अछाम खेल्दैछन्। फाप्ला मैदानमा बैतडीका कप्तान वसन्त खत्रीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।

पहिलो खेलमा उत्कृष्ट जित निकालेको बैतडी आज दोस्रो जितको खोजीमा छ। यसअघि पहिलो खेल हारेको अछाम भने सुखद नतिजा निकाल्ने लक्ष्यमा छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। गत वर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।

Leave A Reply

Your email address will not be published.