अब सकिन्न भनि हारेपछि मैले, बाटो मोडेको हुँ-गजल

अब सकिन्न भनि हारेपछि, मैले बाटो मोडेको हुँ,
तपाईंको पुरा गर्न मैले, आफ्नो लक्ष्य तोडेको हुँ।

सहि गलत कति भन्ने, थाह पाउनु थियो मलाई,
आफन्त चिन्न मैले, अपमानको घुम्टो ओडेको हुँ।

तपाईं शैक्षिक गुणस्तरको कुरा, गर्नुहुन्छ महोदय,
मैले स्कुलको फिई तिर्न नसकेर, पढ्न छोडेको हुँ।

एक्लै गार्हो होला भन्ने थाह, पाएर नै साथ खोजें,
सहज होस् जीउन भनि, एउटा साथी जोडेको हुँ।

महासय यस्तो दलदलमा, किन छिरिस् नसोध्नुस्,
भोलि बाबरीको बास्ना लिनु छ, बगैंचा गोडेको हुँ।

फलानो र ढिस्कानो जस्तो, भन्छन् सबैले मलाई,
के काम मलाई मै जस्तो नदेखाउने, ऐना फोडेको हुँ।

सागर बिष्ट

मेलौली नगरपालिका–०८ कोटिगाँउ, बैतडी।

Leave A Reply

Your email address will not be published.