बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिलेक माविले उचालेको छ। १८ स्वर्ण, ८ रजत, २ कास्य पदक र ५० हजार सहित मणिलेक मावि काँडाले उपाधी हात पारेको हो।
यसैगरी बिशालपुर माबि उपबिजेता बनेको छ। ६ स्वर्ण, ९ रजत, ७ कास्य पदक र ३० हजार सहित बिशालपुर माबि मेलौली-०९ उपबिजेता बनेको मेलौली नगरपालिकाका शिक्षा शाखा प्राबिधिक सहायक रोहित भट्टले जानकारी दिए।
प्रतियोगिताको तेस्रो कमलपुर माबि मेलौली ८ कोटिगाँउ भएको छ। २ स्वर्ण, २ कास्य पदक र २० हजार सहित कमलपुर माबि तेस्रो बनेको छ।
मंगलबारबाट शुरु भएको प्रतियोगिता शुक्रबार आज सम्पन्न भएको हो। समापन कार्यक्रममा मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द सभाध्यक्ष र पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावलको प्रमुख आतिथि रहनु भएको थियो। समापन कार्यक्रममा बरिष्ठ लोक तथा देउडा गायक महेश कुमार औजी, गायक शेरी औजी, भानुभक्त जोशी, जनक महरा, कुमाउनी गायक, शुरेस परियार लगायतका कलाहरुले आफ्नो प्रस्तुती पनि राखेका थिए।