बैतडीको पञ्चेश्वरमा भलिबल प्रतियोगिता हुदै, प्रथम पुरुस्कार १ लाख १० हजार

मंसिर १९, आइतबार २०७८

बैतडीको पञ्चेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । यहि पुस ५ गते देखि ८ गते सम्म चौथो अध्यक्ष कप जिल्ला स्तरीय खुल्ला पुरुष अन्तरपालिका भलिबल प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । जिल्लाका स्थानियतह अन्तरगतका संघ सस्था, तथा बिद्यालयबाट प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाण्पत्र प्रदान गरिने छ । दितिय पुरुस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतिय पुरुस्कार ५० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सान्तोना पुरुस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाद्धारा प्रकासित सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र बिभागिय खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।
टिमदर्ता ५ हजार १ सय रुपैया तोकिएको छ । पुस ३ गते ५ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने छ । उक्त प्रतियोगिता पञ्चेश्वर ३ को कुलाउमाविको खेलमैदानमा आयोजना हुने छ ।
बैतडी,

Leave A Reply

Your email address will not be published.