एकदिने निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न

बैतडी : बैतडीमा एकदिने निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–०७ मा सो शिविर सम्पन्न भएको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनमा डिलाशैनी–०७ को शिक्षा केन्द्र अमर माविको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो। शिवरबाट १४९ महिला र ११५ पुरुष गरि २५८ जानाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले बताए।

शिविरमा बाध रोग, उच्च रक्तचाप, अम्लपित्त, दम, श्वासप्रश्वास र स्त्रि रोग लगायतका रोगहरुको परामर्श तथा चेकजाच गरिएको निमित्त कार्यालय प्रमुख हिकमत चन्दले बताए। शिविरबाट सेवा लिन पाउदा नागरीहरु खुसि भएका थिए।

Leave A Reply

Your email address will not be published.