दनपा -११ मा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट १५० जनाले सेवा लिए

बैतडी-बैतडीको दशरथचन्द नगरपालिका ११ बर्तोलीमा आज शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नागार्जुन रणशैनी युवा क्लब बठ्ठाको आयोजनामा सञ्चालन भएकोे शिविरमा प्राविधिक सहयोग गेटा आँखा अस्पतालको रहेको थियो ।उक्त शिविरबाट १ सय ५० जनाले नागार्जुन रणशैनी युवा क्लबका सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो।


नागार्जुन माबि बर्तोलीमा सञ्चालन भएको आँखा शिविरमा नागार्जुन रणशैनी युवा क्लबका अध्यक्ष तारा राम महरको अध्यक्षता तथा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दको प्रमुख आथित्थता रहेको चन्दले जानकारी दिनुभयो।

जिल्लाको नामी क्लबका रूपमा रहेको यो क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ। क्रिकेटको १६ संस्करण सम्पन्न गरिसकेको क्लबले समाजमा हुने विकृति विसङगती रोक्न सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेको सल्लाहकार चन्दले बताउनुभयो।

Comments are closed.