बैतडी : मेलौलीमा देउडा प्रतियोगिता सम्पन्न भएको छ। मेलौली भगवती भन्दिरको प्राङ्गणमा नारि दिवसको अवशरमा सञ्चालन गरिएको प्रतियोगितामा सम्पन्न भएको छ।
महिलामा लगानि, सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ शुक्रबार मनाईन लागेको ११४ औँ अन्तराष्ट्रिय नारि दिवसको अवशरमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा मेलौली पालिकाभरीका महिलाहरु सहभागि भएका थिए।
मेलौली नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको शाखा प्रमुख लक्ष्मी भट्टले बताउनुभयो। प्रतियोगिताबाट मेलौली ३ कि दुर्गाबाथ प्रथम हुनु भएको छ। यसैगरी मेलौली ९ कि झुपा भट्ट द्धित्तीय र मेलौली १ कि लक्ष्मी नेगी तृतीय हुनु भएको शाखा प्रमुख भट्टले बताउनुभयो।
प्रथमलाई दश हजार, द्धित्तीयलाई आठ हजार र तृतीयलाई ६ हजार प्रदान गरिएको छ। पुरुस्कारमा २५ प्रतिशत कर कट्टि काटिने जनाईएको छ। प्रतियोगिता मेलौली नगरपालिका नि–प्रमुख प्रशासकिय नाराणय बहादुर चन्दको सभाध्यक्षता र नगर उप–प्रमुख पार्वती बोहरा बिष्टको प्रमुख आतिथ्यमा सञचालन गरिएको थियो।
प्रतियोगिताको लागि मेलौली नगरपालिकाले ५० हजार छुट्याएको थियो।