बैतडी-डोटीको जोरायल गाउँपालिका–६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ।वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका–३ कुजागाड घर भएकी २६ वर्षीया कमला भाटको जोडी रहेको वडा अध्यक्ष गणेशबहादुर बोहराले बताउनुभयो ।भाट दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो।
वडा कार्यालयले (दुलाह दुलही २० बर्ष पुरा भएको प्रमाण खुल्ने कागजात, दुलाह दुलही दुबैको नागरिकता प्रमाणपत्र प्रतिलिपी र ३५ दिन भित्र वडा कार्यालयमा गै बिवाह दर्ता गरेको प्रमाणपत्र प्रतिलिपी)साथ निवेदन दिन अनुरोध साथ सार्वजनिक सूचना जारी गरेको थियोे ।सार्बजनिक सूचना अनुसार २० बर्ष पूरा भएका एक मात्र जोडिको निबेदन परेको थियोे उक्त जोडिलाइ सम्मान गरिएको वडा अध्यक्ष बोहराले बताउनुभयो ।
दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ। यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ।वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन ।