डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकी कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री इन्द्रा गिरी अजयमेरु गाउँपालिकामा पुगेकी छिन्। त्यहाँ पुगेर उनले गाउँपालिकाको वडा नम्बर ६ का किसानहरुसँग अन्तरक्रिया गरेकी हुन्।
उनले वडाभरीका कृषक समूह, टोल संयोजक तथा कृषकहरुको समस्याबारे छलफल गरेको वडाध्यक्ष हरिसिंह भण्डारीले जानकारी दिए। मन्त्री गिरीले किसानहरुका समस्या सुन्दै ती समस्याको निरुपण गर्ने प्रतिवद्धतासमेत जाहेर गरेकी छिन्।