कति दिन्छौ सजाए ए जिन्दगी ।।
धर्तिमा किन आए ए जिन्दगी ।।ऎनाको तस्वीर मात्रै राम्रो लाग्थ्यो ।
प्रेम अरु संग लाए ए जिन्दगी ।।शरीरलाई त आत्माले साथ छोड्छ ।
त्यसै मन सताए ए जिन्दगी ।।सास चलेकै छ दिन रात देखेकै छु ।
किन झन् हरेस् खाए ए जिन्दगी ।।कहिल्यै नपुग्ने मरेका ती आशा ।
सपना विउझाए ए जिन्दगी ।।
सागर बिष्ट
मेलौली नगरपालिका–०८ कोटिगाँउ,बैतडी।