सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापतिमा लामिछाने र सदस्यमा दयाल

बैतडी-नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापतिमा सन्तोष लामिछाने निर्वाचित भएका छन । कैलालीको गोदावरी नगरपालिकामा शनिबार सम्पन्न महासंघ प्रदेशको चौथो प्रदेश सभा र दोस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा निर्विरोध ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
यस्तै, प्रदेश उपसभापतिमा अर्जुन सुनार गहतराज र दिवशजंग स्नेही निर्वाचित भएका छन । त्यस्तै सचिवमा शकुन्तला सोप, सह सचिवमा दिनेश सोप, कोषाध्यक्षमा र सह कोषाध्यक्षमा दिप पौडेल तथा सदस्यहरुमा पदम दयाल ,टीकाराम विश्वकर्मा, सुरेश सुनार, र चाँदनी कुमारी ठाकुर निर्वाचित भएका छन ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष लामिछानेले आफू निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन । उनले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन ।
अधिवेशनको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका हुन् । शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन्।
अग्रजले परम्परागत रूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिए।

Leave A Reply

Your email address will not be published.