बैतडीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

बैतडी-पछिल्लो समय बैतडीमा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ ।कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलौली बैतडीबाट गत आर्थिक वर्षमा ३ हजार४ सय २८ महिला र ३ हजार ३ सय २८ पुरुष जना सहित ६ हजार ७ सय ५६ जनाले सेवा लिएका थिए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दका अनुसार चालु आ।व २०८०र८१ को माघ महनिा सम्म ३ हजार २ सय ७७ महिला र २ हजार ९ सय १८ जना पुरुष गरी ६ हजार १सय ९५ जना नागरिकल ेसेवा लिएका छन । नयाँ र पुनरावृत्त भएका सेवाग्राहीको तथ्याङ्कले आयुर्वेदप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

अहिले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द मेलौलीले पूर्वकर्म, पञ्चकर्म सेवा, योग, ल्याव र ओपिडी सेवा दिइरहेको छ ।यस्तै जेष्ठ नागरिकलाई रसायन औषधी वितरण समेत गरिहरहेको छ ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले स्वास्थ्य केन्द्रमा मात्र सेवा नदिई घुम्ती सेवा शिविर तथा गाउँघर क्लिनिक जस्ता सेवा समेत संचालन गरिरहेको जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिकमत चन्दले बताए ।धेरैजसो विरामी एलोपेथिक चिकित्सा पद्धतिको सेवाबाट थकित भएर आयुर्वेदमा सेवा लिन आउने गरेको निमित्त प्रमुख चन्दले बताए ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द मेलौलीमा छिमेकी जिल्ला डडेल्धुराको भागेश्वर र अजयमेरु गाउँपालिका बाट समेत सेवा लिन आउने गरेको स्वास्थ्य केन्द्रको तथ्यांकमा छ ।अहिले प्रत्येक स्थानिय तहमा आयुर्वेदको शाखा भएपनि प्रचारको अभावले र जनचेतनाको अभावले सेवाग्राहि नआउने गरेको पाइएको छ ।

आयुर्वेद सम्बन्धी वुझेका र औषधी किन्न नसक्ने मात्र अहिले आयुर्वेद स्वास्थ्य केन्दमा सेवालिन आउने गरेको प्रमुख चन्दले बताउनु भयो।
जिल्लाको ४ पालिकामा नागरिक आरोग्य सेवा केन्द्र र २ पालिकामा ३ आयुर्वेद औषधालय रहेका छन । ती ठाउँबाट पनि विभिन्न रोगहरुको उपचार हुने गरेको छ।


आयुर्वेद अस्पतालमा जडीवुटीबाट निर्माण गरिएको औषधी हुनाले यो औषधी रोग नलागेको व्यक्तिले पनि प्रयोग गर्न मिल्ने हुँदा यस्को उद्देश्यनै रोग लाग्न नदिन र रोग लागेमा प्रयोग गरेमा पनि त्यती बेफाईदा नगर्नुका साथै सबै औषधी निशुल्क पाइने हुँदा यो अस्पताल बाट सेवा लिन सबैलाई प्रमुख चन्दले आग्रह समेत गरेका छन ।

Leave A Reply

Your email address will not be published.