बैतडी : मेलौली नगरपालिका–०७ ओझागाँउका डम्बर ओझाले आफ्ना स्वर्गीय बाबाको सम्झनामा देउडा गित ल्याएका छन। हाल रोजगारीको शिलशिलामा भारत मुम्बैमा रहेका ओझाले स्वर्गीय बाबा नारायण दत्त ओझाको सम्झनामा देउडा गित “बाबा तम्री सम्राई लागन्छे” सार्वजनीक गरेका हुन।
ओझाको आफ्नै लय, शब्द र स्वरमा रहेको गित गोपाल दयाल युटूब च्यानलबाट सार्वजनीक गरिएको छ। गोपाल दयालको संगीत सम्योजन रहेको गितका मिक्स माष्टर मनोज परियार हुन। गितलाई म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो।
२०७० साल चैत्र ५ गतेका दिन दिवंगत भएका बुवाको सम्झनामा दिवंगत भएकै दिन ओझाले गित सार्वजनीक गरेका हुन। गायक ओझाले गितमा बुवा बिनाको संसार र परिवार कस्तो हुन्छ भनेर मनछुने शब्द उल्लेख गरेका छन।
गितका शब्दहरुमा बाबा स्वर्गीय भएपछि आमाले हरेक दुख कष्ट खेपेर आफु लगायत भाई बहिनिहरुलाई खुसि दिनुभएको कुुरापनि समेटिएको छ। गायक ओझा घरका जेठा छोरा हुन। गायक ओझाका आफुपछि एक भाई र दुई बहिनि रहेका छन।
गायक ओझाले गित कस्तो लाग्छ सल्लाह सुझाव दिनपनि सबै स्रोताहरुलाई आग्रह गरेका छन।