बैतडी : कपडा बैंकको मेलौली शाखाबाट ८२ परिवारलाई कपडा वितरण गरिएको छ। मेलौलीमा कपडा बैंकको शाखा संचालन पश्चात ८२ परिवारलाई कपडा वितरण गरिएका बैंकका संयोजक महेश दत्त भट्टले बताए।
चैत्र १ गतेबाट सञ्चालनमा आएको कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने गरेको छ। “हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका कपडा बैंकको शाखा संचालनमा आएको हो।
बैतडीको शाहिलेकमा सञ्चालित कपडा बैंकले मेलौलीमा शाखा सञ्चालन गरेको हो। कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिने छ।
कपडा बैंकका संयोजक भट्ट गत बिगतदेखी नै समाजसेवामा सकृय ब्यक्ति हुन। बेला बेलामा समाजिक सञ्जाल मार्फत आर्थीक संकलन अभियान सञ्चालन गरेर नाजुक अवस्था भएका ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन।
भट्टलाई गरिवका भगवान भनेर पनि भन्ने गरिन्छ।