मेलौली र शिवनाथमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली सम्बन्धी अभिमूखीकरण तथा समुन्वय समिति गठन कार्यक्रम सम्पन्न
बैतडी- सुदुरश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको तथा स्थानिय तह टीभीईटी समन्वय समिती गठन कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, तथा स्थानिय तह टीभीईटी समन्वय समिती गठन कार्यक्रम सम्पन्न भएको हो ।
तह २ अन्तर्गतका मोबाईल फोन रिपेयर टेक्निसियन,कम्प्युटर हार्डवेयर एण्ड नेटवर्क टेक्निसियन,प्लम्बर, मेकानिक र तह १ अन्तर्गत टाईल मार्वल फिटर र तह १ अन्तर्गतकै गार्मेन्ट फेब्रिकेटर रहेका छन ।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली र प्रदेश सरकारको भूमिका विषयमा मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले प्रकाश पारेका थिए । राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली भनेको के हो यसको आवश्यकता लगायतका विविध विषयमा उनले कार्यक्रममा जानकारी गराएका थिए ।नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्यायले नेपाल व्यावसायिक योगयता प्रणाली परियोजना नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा प्रणालीगत सुधार ल्याउन कार्यरत दीर्घकालिन परियोजना रहेको बताए ।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीले नेपाली युवाहरुको रोजगारीको अवस्था सुधार गर्नमा योगदान गर्नु यसको उद्धेश्य रहेको उनले बताए ।
अभिमुखीकरण कार्यक्रमबाट प्राविधिक सीपको योग्यता निर्धारण, रोजगारदाताको भूमिका लगायत विषयमा समेत जानकारी प्रदान गरिएको प्राविधिक अधिकृत उपाध्यायले बताए ।
अभिमूखीकरण कार्यक्रममा बोल्दै मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा विष्टले प्राविधिक तथा व्यावसायिक शिक्षालाई महत्व दिएर अघि बढ्ने बताए ।उनले सिप परीक्षण पश्चात व्यक्तिको आत्मसम्मानमा फाइदा पुग्ने उनको विश्वास थियो ।यस्तै अभिमुखीकरण कार्यक्रममा बोल्दै शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले रोजगारदाताहरुलाई सिप परीक्षणले काममा सहजता हुनुका साथै उनीहरुलाई काममा लगाउन र प्रमाणपत्रका आधारमा सेवा सुविधा दिन समेत सहज हुने बताए ।
उनले सीप मानिसको जिबनको अनिबार्य आबश्यकता भएको बताउँदै गुणस्तरीय प्राबिधिक दक्ष उत्पादन गर्नमा केन्द्र प्रदेश देखी देखि स्थानीय तहसम्म सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिदै पूर्व सिकाइको मान्यता बिधि बाट सीप परिक्षण गर्न सकेस्थानीय स्तरमै रोजगारी रे आफ्नो दक्षताको प्रमाणीकरण गरि योग्यताको प्रमाणपत्र प्राप्त गरी थप वृत्ति बिकास गर्न सक्ने भएकोले सोहि अनुसार गाउँपालिका बाट उक्त कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
रोजगारदाताको सिप परीक्षण गर्ने कार्य अत्यन्तै राम्रो भएको उनको भनाई थियो । मेलौली विपिजी होजरी गारमेन्ट उद्योगका संचालक विरेन्द्र सिंह नेगीले आफुहरुले व्यावसाय गरिरहेको भएपनि सीप परीक्षण नभएको भन्दै अभिमुखीकरण कार्यक्रमले सो बारे जानकारी प्रदान गरेको बताए ।सीप परिक्षणका लागी आवेदन फाराम खुल्ला गरिएकाले वडाबाट आवश्वक कागजपत्रहरु सहित निवेदन दिन सकिने पनि जनाईएको छ ।
अभिमुखीकरण कार्यक्रममा दुुईटै पालिका स्थित जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी, रोजगार संयोजक, ्उद्योगी र ब्यबसायीहरु, प्राविधिक धारका विद्यालयका प्रतिनिधिहरु , तथा संचारकर्मी सहितको उपस्थिति रहेको थियो ।

