कैलाली प्रिमियर लिग : गोदावरी र घोडाघोडी विजयी

धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा कैलालीको गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिका विजयी भएका छन्। गोदावरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई ८ विकेटले हराउदा घोडाघोडीले डडेलधुराको आलिताल गाउँपालिकामाथि १ विकेटको जित निकाल्यो।

शुक्लाफाँटाले दिएको ११५ रनको लक्ष्य गोदावरीले १३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। जसमा सन्दीप खत्रीले आक्रामक अर्धशतकीय पारी खेले । म्यान अफ द म्याच समेत भएका सन्दीपले २० बलको सामना गर्दै ७ छक्का र २ चौकाको मद्दतमा ५८ रनमा अविजित रहे। शुक्लाफाँटाका भरत चन्द ए र भरत चन्दले १र१ विकेट लिए।

यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेको शुक्लाफाँटा १९।३ ओभरमा ११४ रनमा अलआउट भयो। उसका लोकेश जोशीले सर्वाधिक ३३ रन हिर्काए। गोदावरीका व्यास यादवले ४ विकेट झारे।

यस्तै आजै भएको अर्को खेलमा घोडाघोडीले आलितालमाथि १ विकेटको संघर्षपूर्ण जित हात पार्यो। जितका लागि पाएको ८७ रनको सामान्य लक्ष्य घोडाघोडीले १९।३ ओभरमा ९ विकेट गुमाउदै पूरा गर्यो। जसमा दिनेश रावतले सर्वाधिक १८ रन हाने। आलितालका दिल बहादुर बोहरा र प्रकाश राज जोशीले ३र३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको आलिताल १४ ओभरमा ८६ रनमा समेटियो। जसमा हिक्मत महरा र आयुश खड्काले १४र१४ रन बनाए। घोडाघोडीका राहुल केसीले ४ विकेट लिदै म्यान अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ। प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।

No description available.

Leave A Reply

Your email address will not be published.