सामाजिक सञ्जालमा भ्रमात्मक सामाग्रीको पछि नलाग्न पञ्चेश्वर गाउँपालिकाको आग्रह

बैतडी । पञ्चेश्वरका एक युवालाई कार्वाहीको माग गरिएको छ। पञ्चेश्वर गाउँपालिका–०४ आम्चोरा घर भई हाल भारतको गुडगाउँमा रहेका प्रकाश चन्दलाई गाउँपालिका प्रेस बिज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरेको छ।

चन्दले ‘भ्रष्टचार विरुद्धको आवाज’ नामक फेसबुक आईडि मार्फत समाजिक सञ्जालमा गाउँपालिकाको बेईज्जत गरेको गाउँपालिका प्रबक्ता जनक बहादुर चन्दद्धारा जारी गरिएको बिज्ञप्ति मार्फत भनिएको छ। बिभिन्न जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी र समग्र गाउँपालिकाको बिषयमा गालि बेईज्जत, चरित्र हया र भ्रमात्मक सामग्रीहरु प्रकाशित एवं नकारात्मक समाचारहरु सम्प्रेषण गरेको पाईएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

चन्दले समाजमा भ्रम सिर्जना गरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा साईबर क्राईम अन्तर्गन मुद्धा दर्ता गरि कार्वाहीको माग गरिएको छ। चन्दको आईडिबाट पोष्ट भएका भ्रमात्मक समाचार तथा सामग्रीहरुमा बिश्वास नगरी लाईक, कमेट र सेयर नगरी गैर जिम्मेवारपूर्ण कार्यलाई प्रोत्साहन नगरिदिन गाउँपालिकाले अनुरोध गरेको छ।

चन्द जातिय छुवाछुत तथा कसुर सजायको मुद्धामा सजाय ठहर भई प्रहरीको फरार सुचिमा रहेका छन।

Leave A Reply

Your email address will not be published.