बैतडी : मेलौलीमा बाख्राको खोर निमार्ण गरे साढे २० हजार पाईने भएको छ। मेलौली नगरपालिका–०९ मा बाख्रा खोर निमार्णका लागि किसानहरुले रकम पाउने भएका छन। राष्ट्रिय प्रकृति संरक्षण कोष भिमदत्त नगरपालिका–१५ शुक्लाफाटा संरक्षण कार्यक्रम मार्फत बाख्रा खोर निमार्णका लागि ६ लाँख ५५ हजार किसानले रकम पाउने वडा अध्यक्ष लोकराज भट्टले बताए।
असुरमौजा सामुदायिक वन मार्फत ३० परिवारलाई बाख्रा खोर निमार्णका लागि २० हजार ५०० प्रदान गरिने वडा अध्यक्ष भट्टले बताए। सुदूरपश्चिम प्रदेश उच्चपाहाडी क्षेत्रमा बाघ सरक्षण अन्तर्गत मानव बन्यजन्तु बिच स–अस्तित्व कायम गर्न जिविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले बाख्रा खोर निमार्णका लागि रकम दिईने जनाइएको छ।
बाख्रा खोर दुई महिनाभित्र निमार्ण गरिसक्नु पर्ने छ। बख्रा खोर निमार्णंका लागि पाउने आधा रकम पहिलो किस्तामा र बाकि रकम खोर निमार्ण सम्पन्न पछि मिल्ने बताईएको छ।
यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोषद्धारा वैकल्पिक जिवोकोपार्जनको लागि ९ लाँखको सम्झौता पनि भएको छ। कोल्तडादेउ वैकल्पिक जिवोकोपार्जनको समुह मार्फत जिवोकोपार्जनका लागि कर्जा दिईने वडा अध्यक्ष भट्टले बताउनुभयो।