बझाङमा चट्याङबाट एक जनाको मृत्यु, ७ घाईते

बझाङमा चट्याङ बाट एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रबार राती साढे ९ बजेको समयमा घरमा एक्कासी चट्याङ लाग्दा जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ५२ वर्षिय गजेन्द्र बहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ। चट्याङ लाग्दा एकै परिवारमा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन।

जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहका अनुसार घाइते हुनेमा मृतक सिंहकी १८ वर्षिया छोरी शान्ति सिंह, ३० वर्षिय धिरेन्द्र बहादुर सिंह, उहाँकि श्रीमती २५ बर्षिया निशा सिंह, र १८ महिनाकि छोरि कृतिका सिंह रहेका छन्।

यस्तै वडा नम्बर ६ कै धन बहादुर सिंहकी श्रिमती ४० वर्षिया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षिय नितेश सिंह र छोरी १३ वर्षिया लक्ष्मी सिंह रहेका छन्। घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनु भएको छ। घाइतेहरु मध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.