लैंङ्गिक हिंसा प्रभावीतलाई राहतको लागी होली खेल्दै जनप्रतिनिधि र कर्मचारी

बैतडी-लैंङ्गिक हिंसा प्रभावीत राहत कोषमा सहयोगको लागि जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका छन् । बैतडीको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलको नेतृत्वमा पाटन नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका हुन ।

होली खेलेर जम्मा भएको रकम लैंङ्गिक हिंसा प्रभावीत राहात कोषमा जम्मा गरिने पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहराले बताए । हिसाँमा परेका महिलाहरुलाई सहयोग गर्न पाटनमा महिला सुरक्षित अवास संचालनमा रहेको छ ।

महिला सुरक्षित अवास संचालन गर्नको लागि लैंङ्गिक हिंसा पिडीत राहात कोष बनाईएको छ । होलीमा महिला हिंसा न्युनीकरण सम्वन्धि होली बनाएर होलीकै लयमा गाएर खेल्दै छन ।

यसले एकातिर हिंसा न्युनीकरण सम्बन्धी जनचेतना जगाउनुका साथै लैङ्गिक हिंसा निवारण कोष पनि सहयोग पुग्ने लक्ष नगरपालिकाले लिएको छ ।

Leave A Reply

Your email address will not be published.