धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा टिकापुर नगरपालिका र शिखर नगरपालिका विजयी भएका छन्। टिकापुरले भिमदत्त नगरपालिकालाई र शिखरले शुक्लाफाँटा नगरपालिकालाई हरायो।
भिमदत्तले दिएको १०५ रनको लक्ष्य टिकापुरले १६।४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। जसमा केशव विष्टले ४२ र सन्दीप साउदले ३८ रन हिर्काए। भिमदत्तका प्रकाश विष्ट र नहल दासले २र२ विकेट झारे।
यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेको भिमदत्त १०४ रनमा अलआउट भयो। सन्दीप साउद म्यान अफ द म्याच भएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
यस्तै आजै भएको अर्को खेलमा शुक्लाफाँटालाई शिखर नगरपालिकाले ४२ रनले हरायो। शिखरले दिएको १४३रनका लक्ष्य पछ्याएको शुक्लाफाँटा १३।१ ओभरमा १०० रनमा रोकियो। विशाल ऐरले २६ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । शिखरका लक्ष्मण पार्कीले ३ विकेट लिन भए।
त्यसअघि पहिला ब्याटिङ गरेको शिखरले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन बनायो। जसमा सुशील खड्काले ४५ रनको योगदान गरे।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ।
प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।
उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।