धनगढीमा जारी दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि(२० क्रिकेट प्रतियोगितामा
सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लागेको छ। समूह बी मा रहेका ५ टोलीमध्ये समूह विजेता बन्दै डडेलधुराको परशुराम नगरपालिका र समूह उपविजेता बन्दै डोटीको शिखर नगरपालिका सेमिफाइनलमा पुगेका छन्।
आज सम्पन्न खेलमा शिखरले कैलालीको गोदावरी नगरपालिकालाई ३ विकेटले हरायो। शिखरले दिएको ९० रनको लक्ष्य पछ्याएको गोदावरी १२।५ ओभरमा ८३ रनमा अलआउट भयो। उसका विरबहादुर घर्तीमगरले नटआउट २९ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। शिखरका आयुश द्वारिया र लक्ष्मण पार्कीले ३र३ विकेट हात पारे।
यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेको शिखर ११।१ ओभरमा ८९ रनमा समेटियो। जसमा म्यान अफ द म्याच भएका शुवास ऐेरले अविजित ३३ रन बनाए। गोदावरीका विरबहादुर घर्तीमगरले ४ विकेट झारे।
परशुराम, शिखर र गोदावरीको समान ४ अंक भएपनि नेटरनरेटको आधारमा गोदावरी पछि परेपछि सेमिफाइनल दौडबाट बाहिरिएको स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो । यस्तै आजै भएको समूह ए को अर्को खेलमा घोडाघोडी नगरपालिकाले धनगढी उपमहानगरपालिकालाई २१ रनले हराएको छ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको छ। प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।
उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएको छ। यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।
