बैतडी : मेलौली नगरपालिकामा एसईई परीक्षा अवधिभर मदिरा बिक्रि वितरणमा कडाई गरिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै चैत्र १५ गतेदेखि परीक्षा सम्पन्न हुने अवधिभर बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा बिक्रि वितरण गर्न रोक लगाइएको हो ।
रोक लगाइएको अवधिमा मदिरा बिक्रिवितरण भएको पाइएमा कारवाहीको चेतावनी समेत दिइएको छ। यसैगरी अन्य सरसामानमा पनि तोकीएको मुल्यभन्दा महंगोमा नबेच्न पनि आग्रह गरिएको छ।
परीक्षालाई मर्यादीतरुपमा सम्पन्न गर्नको लागि यो निर्णयमा पुगेको नगरपालिकाले जनाएको छ।
