दोगडाकेदारको श्रीकोटमा खुल्यो आँखा उपचार केन्द्र

बैतडीको दोगडाकेदार गाउँपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। दोगडाकेदार गाउँपालिका,नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेसनको सहयोगमा गाँउपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।

No description available.

दोगडाकेदार गाउँपालिका ३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएको आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गर्नुभयो।

No description available.

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।आखाँका बिरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज होस भनेर केन्द्र स्थापना गरिएकोले गाउँपालिकाको यसमा पुर्ण सहयोग हुने उपाध्यक्ष कार्कीले बताउनुभयो।

No description available.

केन्द्र सञ्चालन भएसंगै आँखाको सामान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जोशीले बताउनुभयो। ग्रामिणस्तरमै स्थानीय नागरिकको आँखाको सहज उपचारका लागि केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो।

No description available.

आखाँका बिरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज होस भनेर केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले बताउनुभयो। उपचार केन्द्र स्थापनापछि आँखामा सामान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा श्रीकोट स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष कमलराम भुलले बताउनुभयो। उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि,चश्मा, जनशक्ति र कार्यालयको व्यवस्थापन गरिएको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो। आँखासम्बन्धी समस्या भएकाहरूले अब सहज रूपमै सेवा पाउने उहाँले बताउनुभयो।

No description available.

गाउँपालिकामै आँखा सम्बन्धी विभिन्न समस्याहरुको उपचार सहज रुपमा पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छन्। आँखामा चोटपटक तथा सामान्य उपचार लागि बाहिर जानुपर्ने बाध्यता रहेकामा अब गाउँमै उपचार पाइने भएपछि खुसी लागेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका ६१ वर्षीया माया विष्टले बताउनुभयो।

No description available.

आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णुदत्त जोशी,गेटा आँखा अस्पतालका डाक्टर सुरेशराज पन्त, राजबहादुर चौधरी, रमेशचन्द्र भट्ट, लोकराज जोशी, दोगडाकेदार गाउँपालिकाका जिन्सी शाखा प्रमुख प्रयागराज पन्त,लेखा शाखा प्रमुख पदमबहादुर कार्की,कार्यपालिका सदस्य हेमा भट्ट कपाडी,महिला स्वास्थ्य स्वयंसेविकाहरू, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.