शिवनाथका कर्मचारीद्वारा सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारवाहीको माग

बैतडी : शिवनाथ गाउँपालिकाका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्। गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले बिहीबार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा कार्यालय र कर्मचारीहरुमाथि आँच आउने गरेर भ्रमपूर्ण कुराहरु फैलाएका भन्दै आपत्ती जनाएका छन्।

सामाजिक सञ्जालमा राष्ट्रसेवक कर्मचारीहरुको चरित्र हत्या गर्ने, कार्यालयको बदनाम गर्ने र भ्रमपूर्ण कपोल्कल्पित कुराहरु लेख्नेलाई कारवाहीको दायरमा ल्याउन माग गर्दै उनीहरुले सेवा बन्द गरेका हुन्।

सामाजिक सञ्जालमा लेखिएका कुराहरु सत्य भएमा आफूहरु कानुनी कठघरमा उभिन तयार रहेको तर भ्रमपूर्ण कुरा फैलाएर चरित्र हत्या गर्ने कार्य स्वीकार्य नभएको कर्मचारीहरुले बताएका छन्।

सामाजिक सञ्जालमा भ्रमपूर्ण कुराहरु लेख्नेलाई कारवाही नभएसम्म र कार्यालयमा कामको वातावरण नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको कर्मचारीहरुले जनाएका छन्।

यस्तै शिवनाथ गाउँपालिकाले पनि सामाजिक सञ्जालमा लेखिएका भ्रमपूर्ण कुराहरुको निन्दा गरेको छ। गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद र उपाध्यक्ष शकुन्तला साउँदले एक विज्ञप्ती जारी गर्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुका बिषयमा लेखेका भ्रमपूर्ण कुराहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सामाजिक सञ्जालमा भ्रमपूर्ण र कपोलकल्पित कुरा लख्नेलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण कुराहरु लेख्नेलाई कारवाही हुने बताउँदै अध्यक्ष र उपाध्यक्षद्वारा जारी विज्ञप्तीमा कर्मचारीहरुलाई जनताको सेवामा खटिएर काम गर्न आग्रह गरिएको छ।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.