बैतडी –बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं.–२ की १४ बर्षीया कलावती लुहार मृत फेला परेकी हुन् ।
घरभन्दा एक सयमिटर पर रहेको खयर रुखमा झुण्डिएको अवस्थामा कलावतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो।
शुक्रबार दिउँसो कलावतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या किन गरिन् भन्ने कुरा खुलेको छैन् ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो।