बैतडीको सलेनामा हावाहुरीले श्रोत केन्द्र भवनमा क्षति

बैतडीमा हावाहुरीले एक श्रोत केन्द्र भवनको छानो उडाएको छ। शनिबार दिउँसो पानीसंगै आएको हावाहुरीले मेलौली नगरपालिका २ सलेनास्थित धर्मघर माविमा रहेको श्रोत केन्द्र भवनको छानो उडाएको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए।

हावाहुरीले दुई कोठे श्रोत केन्द्र भवनको छानो उडाएको अध्यक्ष भट्टले बताए। हावाहुरीले छानो उडाउनुका साथै छानोमा प्रयोग गरिएको काठमा समेत क्षति पुर्याएको छ।

श्रोत केन्द्रको भवनमा पछिल्लो समयमा विद्यालयले विभिन्न गोष्ठी, सेमीनारका लागि सभा कक्षको रुपमा प्रयोग गर्दै आएको थियो। हावाहुरीले छानो उडाएपछि ५० हजार बढीको क्षति भएको अनुमान गरिएको छ।

जस्तापाताले छाएको छानो उडाएको विद्यालयले जनाएको छ। श्रोत केन्द्र भवनको छानो उडाएपछि गोष्ठी, सेमीनार लगायतका कार्यक्रम गर्न समस्या हुने विद्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.